जलविधुत् आयोजनाका सुरुङमा खोज तथा उद्धार बारे नेपाली सेनाले के भन्यो ?

२०८३ भाद्र १८ विहिवार
सारांश
  • रसुवामा आएको बाढीपछि विभिन्न जलविधुत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेनासहितका संयुक्त टोली परिचालन गरिएको छ ।

काठमाण्डौ, १८ भाद्र । रसुवामा आएको बाढीपछि विभिन्न जलविधुत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेनासहितका संयुक्त टोली परिचालन गरिएको छ ।

 

रसुवागढी जलविधुत् आयोजनामा नेपाली सेना र आयोजनाका इन्जिनियरसहितको २७५ सदस्यीय टोलीले सुरुङभित्र २७५ मिटरसम्म पुगेर खोजी गरिरहेको छ । उद्धार कार्य तीव्र बनाउन भारी उपकरण तथा खन्ने मेसिन सुरुङ क्षेत्रमा पुर्‍याउने तयारी भइरहेको छ ।

 

लाङटाङ जलविधुत् आयोजनामा विदेशीसमेत २५ जनाको संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म पुगेर खोजी गरिरहेको छ । चिलिमे जलविधुत् आयोजनामा संयुक्त टोली १५० मिटरसम्म पुगेकोमा सुरुङ बन्द अवस्थामा फेला परेको छ । त्यहाँ ध्वनि पत्ता लगाउने उपकरणमार्फत निगरानी भइरहेको छ ।

 

अपर त्रिशूली–१ आयोजनामा सुरुङको प्रवेशद्वार ढुंगाले छेकिएको अवस्थामा रहेकाले भित्र प्रवेश गर्ने प्रयास भइरहेको छ । हाकुबेँसीमा विदेशीसमेतको संयुक्त टोलीले सुरुङभित्र २६० मिटरसम्म पुगेर खोजी गरे पनि हालसम्म केही फेला परेको छैन ।

 

त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोलीले चारवटा खन्ने मेसिन र एक सानो खन्ने उपकरण प्रयोग गरी माटो हटाउने काम गरिरहेको छ। सुरुङको बाहिरी भागमा लेदो भरिएपछि माटो हटाउने तथा अगाडिको चट्टान विस्फोट गराउने काम भइरहेको छ ।

 

त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ६१, गैरसैनिक तीन तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले कार्यालय, आवास तथा शिविर क्षेत्रको पहिचान र खोजी गरिरहेको छ । टोलीले खन्ने मेसिन प्रयोग गरी सम्भावित स्थानमा खोजी कार्य जारी राखेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार