- रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिने जनाइएको छ ।
काठमाडौँ: पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोपछि सडकको नयाँ ट्रयाक खोल्न रुख कटानको काम शुरु भएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार सडक खोल्न दुवैतर्फबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको छ । साथै सडक खोल्न आवश्यक निर्माण उपकरणसमेत सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जानकारी दिएको छ ।
रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिने जनाइएको छ । सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै सडक खोल्ने काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यसअघि कृष्णभीरको पहाड पट्टि 'ग्याबियन ब्रेस्ट वाल' माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने निर्णय गरेको थियो ।
ट्र्याक खोल्ने कार्यसँगै 'सेक्रिफिसियल ग्याबियन बक्स' तथा 'बोल्डर हिलसाइड'बाट तल खसाल्ने कार्य समेत गर्ने, कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने निर्णय मन्त्रालयले गरेको जनाएको छ ।
साथै, कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने र यी विकल्पहरूको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्रको अनुगमनपछि गगन थापाको भावुक सन्देश: 'राज्य मात्र होइन, समाज नै अभिभावक बन्नुपर्छ'
-
देउवा पक्षले महाधिवेशनको तयारी गरेपछि कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
-
कृष्णभीरमा सडकको ट्रयाक खोल्न रुख कटान शुरु
-
बाढीपीडितका लागि तुंदी कन्स्ट्रक्सनको १ करोड ५२ लाख सहयोग
-
हिमालयमा तीव्र गतिका हिम-चट्टान पहिरोको जोखिम बढ्दै, पूर्वसूचना दिन चुनौती
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।