रास्वपा सांसद क्रान्तिशिखा भन्छिन्- काठमाडौँ बसेर प्रश्न नउठाऔं, स्थानीय तह आफैं पीडित हो !
२०८३ भाद्र १७ बुधवार
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले विपद्का बेला स्थानीय तह सक्रिय भएनन् र समन्वय गरेनन् भनेर काठमाडौंमा बसेर आरोप लगाउनु उचित नहुने बताएकी छिन् ।
काठमाण्डौ, १७ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले विपद्का बेला स्थानीय तह सक्रिय भएनन् र समन्वय गरेनन् भनेर काठमाडौंमा बसेर आरोप लगाउनु उचित नहुने बताएकी छिन् ।
उनले स्थानीय तह आफैं पनि विपद्को पीडित रहेको भन्दै बाढीले आफ्नै सहर बगरमा परिणत भएको र स्थानीय तहले गाँस, बास र कपास गुमाएको अवस्थामा उनीहरूबाट पूर्ण क्षमतामा निर्णय र व्यवस्थापनको अपेक्षा गर्नु न्यायोचित नहुने बताएकी छन् । प्रभावित प्रदेश र स्थानीय तहलाई दोषी देखाउनेभन्दा उनीहरूलाई पुनःउभिन सक्ने बनाउनु सबैको जिम्मेवारी भएको धितालको भनाइ छ ।
उनले विपद्का बेला सरकारका विभिन्न तहबीच प्रतिस्पर्धा नभई एकअर्काको सहारा बन्नुपर्ने बताउँदै सबै मिलेर प्रभावितलाई सहयोग गर्नुपर्नेमा जोड दिएकी छिन् ।
उनले भनेकी छन्- काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु किमार्थ उचित हुँदैन । अरे हामीले कस्तो नसम्झेको स्थानीय तह आफैं पनि यो विपद्को पीडित हो । उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ। जसले आफैं गाँस, बास र कपास गुमाएको छ, उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो?प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउने होइन, उनीहरूलाई उभिन सक्ने बनाउने हाम्रो जिम्मेवारी हो।विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन्। हामी सहारा बनौ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।