प्रधानमन्त्री शाहले भने- मन भक्कानिए पनि एक आपसमा बिलौना गर्ने अवस्था छैन

२०८३ भाद्र १७ बुधवार
सारांश
  • प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढी रसुवा, नुवाकोट र धादिङको मात्रै नभई सिंगो नेपालको छातीमा परेको बज्रपात भएको बताएका छन् ।

काठमाण्डौ, १७ भाद्र । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढी रसुवा, नुवाकोट र धादिङको मात्रै नभई सिंगो नेपालको छातीमा परेको बज्रपात भएको बताएका छन् ।

 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति कुनै एउटा जिल्लाको मात्रै नभई सिंगो देशकै पीडा भएको बताएका हुन् ।

 

सम्बोधनमा प्रधानमन्त्री शाहले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउदै भने- 'मन भक्कानिए पनि एक आपसमा बिलौना गर्ने अवस्था छैन ।'

 

उनले देशको नेतृत्वले आँसु होइन,जनतालाई आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरेको उनले बताए । उनले भने- 'यसैले दृढ संकल्पका साथ यो विपत्तिसँग लड्नुको अर्को विकल्प हामीसँग छैन । हामी लडिरहेका छौँ ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार