सुरुङभित्र फसेकाको उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो- भीष्मराज आङ्देम्बे
२०८३ भाद्र १७ बुधवार
- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय भएको टिप्पणी गरेका छन् ।
काठमाण्डौ, १७ भाद्र । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय भएको टिप्पणी गरेका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले जलविद्युत आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले ढिलाई गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई अमानवीय भनेका हुन् ।
उनले भने- 'खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय छ । अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ । समयक्रममा यो अझै बढ्न सक्छ । समयक्रममा यो अझै बढ्न सक्छ । सुरुङभित्र फसेकाको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो ।’
उनले सुरुदेखि नै सरकारी, निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टिमसहित उद्धारमा केन्द्रित हुनुपर्नेमा सरकारले त्यसो नगरेको आरोप लगाए ।
उनले २०७२ सालको भूकम्पमा तत्कालिन सरकारले भूकम्पको १२ घण्टा भित्र नै विदेशका विशेषज्ञ उद्धार टोली नेपाल आएको स्मरण गर्दै विगतका राम्रा काम सिक्न सरकार चुकेको बताए ।
आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा अहिले सबै ठिक हुदै गएको र सबैसँग समन्यव गरेको बताए पनि आफु फिल्डमा गएर गरेको अनुभव त्यस्तो नरहेको बताए ।
उनले स्थानीय र प्रदेशलाई समन्यव नगरेको तथा सरकार एकतर्फी रुपमा अगाडी बढेको बताउदै जनताको दुखमा संसदको संख्या र राजनीति गर्न नहुने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेप्सेमा १५.४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार
-
भोटेकोशी बाढीबारे प्रतिनिधि सभामा विशेष प्रस्ताव पारित
-
बालेन बारे प्रचण्डको टिप्पणी- उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो !
-
सुरुङभित्र फसेकाको उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो- भीष्मराज आङ्देम्बे
-
प्रधानमन्त्री शाहले भने- मन भक्कानिए पनि एक आपसमा बिलौना गर्ने अवस्था छैन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।