- सडक सञ्चालनमा आएसँगै चिनियाँ उद्धार टोली केरुङ पोर्ट क्षेत्रमा पुगेको छ।
भोटेकोसी बाढीले क्षति पुर्याएको टिमुरे–केरुङ नाकासम्मको सडक चीनले पुनः सञ्चालनमा ल्याएको छ।
रातदिन निरन्तर काम गरेर बाढीले बगाएको सडक मर्मत गरी सञ्चालनमा ल्याइएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ। भदौ १० गते भोटेकोसीमा आएको बाढीले नेपालको टिमुरे सीमा नाका र चीनतर्फको केरुङ पोर्ट जोड्ने सडकमा ठूलो क्षति पुर्याएको थियो।
नेपालतर्फबाट अझै टिमुरे नाकासम्म पुग्न सक्ने अवस्था नरहे पनि चीनले आफ्नोतर्फ बाढीले क्षति पुर्याएको सडक पुनः सञ्चालनमा ल्याएको हो। सडक सञ्चालनमा आएसँगै चिनियाँ उद्धार टोली केरुङ पोर्ट क्षेत्रमा पुगेको छ।
सिन्ह्वाका अनुसार बुधबार बिहान करिब ८ बजेदेखि सडकमा आवागमन पुनः सुरु भएको हो। सडक सञ्चालनमा आएपछि उद्धार टोली, राहत सामग्री तथा आवश्यक उद्धार उपकरण मुख्य उद्धार क्षेत्रमा पुर्याउन थालिएको सिन्ह्वाले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’