- यसअघि चीनले नेपाललाई उपलब्ध गराएको दोस्रो चरणको आपत्कालीन राहत सामग्री मंगलबार दिउँसो काठमाडौं आइपुगेको थियो । जसमा बेपत्ता नागरिकको पहिचानमा सहयोग गर्न पाँच जना डिएनए पहिचान विज्ञसमेत नेपाल आएका छन् ।
काठमाडौं: चीन सरकारले नेपालका आवश्यकताअनुसार चीनले तेस्रो चरणको राहत सामग्री पठाउने तयारीसमेत गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले तेस्रो चरणको राहत सामग्री पठाउने तयारी गरेको जानकारी दिएका हुन् । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जियाकुनले तेस्रो चरणमा बेलिब्रिज, शव राख्ने बाकस, रोग नियन्त्रणसम्बन्धी सामग्री र आपत्कालीन सञ्चार उपकरणलगायत सामग्री पठाइने बताएका छन् । साथै डिएनए पहिचान विज्ञको अर्को टोलीसमेत नेपाल पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
यसअघि चीनले नेपाललाई उपलब्ध गराएको दोस्रो चरणको आपत्कालीन राहत सामग्री मंगलबार दिउँसो काठमाडौं आइपुगेको थियो । जसमा बेपत्ता नागरिकको पहिचानमा सहयोग गर्न पाँच जना डिएनए पहिचान विज्ञसमेत नेपाल आएका छन् ।
चीनले विपद्मा बेपत्ता विदेशी नागरिकको खोजी तथा अन्य विषयमा सम्बन्धित देशका दूतावाससँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । प्रभावित क्षेत्रमा अलपत्र परेका सीमावर्ती बासिन्दा तथा विदेशी नागरिकलाई स्थल र हवाई मार्गबाट व्यवस्थित रूपमा सुरक्षित स्थानतर्फ पठाउने काम भइरहेको छ ।
नेपालस्थित चिनियाँ दूतावासले आवश्यकतामा रहेका चिनियाँ नागरिकलाई निरन्तर सहयोग उपलब्ध गराउने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’