भोटेकोशी बाढीले सडक र पुलमा ठूलो क्षति, ३१ मोटरेबल पुल बगे
२०८३ भाद्र १७ बुधवार
- बाढीले ४८ वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । तीमध्ये २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री शाहले बताएका छन् । प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुलसमेत बगेका छन् ।
काठमाण्डौ, १७ भाद्र । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीका कारण यातायात पूर्वाधारमा ठूलो क्षति पुगेको जानकारी दिएका छन् ।
बाढीका कारण गल्छी–वेत्रावती–रसुवागढी सडकको ८२ किलोमिटर सडक प्रभावित भएको छ । बिदुर–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी खण्डमा ४० किलोमिटर सडक पूर्ण रूपमा र १६ किलोमिटर आंशिक रूपमा क्षतिग्रस्त भएको छ । पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीर क्षेत्रमा पनि क्षति पुगेको छ ।
बाढीले ४८ वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । तीमध्ये २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री शाहले बताएका छन् । प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुलसमेत बगेका छन् ।
पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे र गलौदी खण्डमा लेदो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ । गल्छी–देवीघाट खण्डमा लेदो हटाएर बेलिब्रिज निर्माणको काम भइरहेको छ भने तादी–देवीघाट र वेत्रावतीमा पनि बेलिब्रिज राख्ने तयारी अघि बढाइएको बताइएको छ ।
सडक निर्माण तथा मर्मतका लागि ५० जना प्राविधिक परिचालन भएका छन् । सडक बोर्डअन्तर्गत तत्कालका लागि ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने थप आवश्यक रकम सम्बन्धित आयोजनाको बजेटबाट खर्च गर्ने अनुमति दिइएको प्रधानमन्त्री शाहले बताएका छन् ।
क्षतिग्रस्त पूर्वाधारको विवरण हेलिकप्टर तथा पैदलमार्फत संकलन भइरहेको र थप २० स्थानमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ भने तीन स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको उनले बताए ।
यसैगरी, बाढीले क्षति पुर्याएको मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’