शव पहिचानका लागि चीनले नेपालमा डीएनए विज्ञ पठाउने

१६ भाद्र, २०८३, मगलवार
सारांश
  • चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा नेपाललाई तत्काल आवश्यक पर्ने डीएनए परीक्षण उपकरण, ड्रोन, पानी शुद्धीकरण उपकरणलगायत सामग्रीसमेत पठाउने जानकारी दिएका छन् ।

काठमाडौँ: चीनले बाढी तथा पहिरोमा मृत्यु भएकाहरूको शव पहिचानका लागि नेपालमा डीएनए पहिचान विज्ञ पठाउने भएको छ ।

 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा नेपाललाई तत्काल आवश्यक पर्ने डीएनए परीक्षण उपकरण, ड्रोन, पानी शुद्धीकरण उपकरणलगायत सामग्रीसमेत पठाउने जानकारी दिएका छन् ।

 

बाढीपछि नदीमा धेरै दिन बितेका शवको अवस्था बिग्रिएका कारण पहिचान गर्न कठिन भइरहेको छ । यस्तो अवस्थामा शवको पहिचान नेपालका लागि ठूलो चुनौती बनेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार