टिमुरेमा ‘रियल-टाइम’ सीसी क्यामेरा जडान, बाढीको चौबिसै घण्टा निगरानी हुने

१५ भाद्र, २०८३, सोमवार
सारांश
  • सोही निर्णयअनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा सीसी क्यामेरा जडान गरिएको हो।

रसुवा: रसुवाको टिमुरेमा बाढीको अवस्था प्रत्यक्ष अवलोकन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ‘रियल-टाइम’ सीसी क्यामेरा जडान गरिएको छ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले आइतबार जल तथा मौसम विज्ञान विभागका अधिकारी तथा विज्ञहरूसँग रसुवा–नुवाकोटलगायत प्रभावित क्षेत्रमा मौसम र बाढीको सम्भावित जोखिमबारे छलफल गर्नुभएको थियो। छलफलमा नदीको अवस्था निरन्तर निगरानी गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पार्ने निर्णय भएको थियो।

 

सोही निर्णयअनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा सीसी क्यामेरा जडान गरिएको हो। प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन हाल भीस्याट र सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको छ। उक्त प्रणाली आज रातिदेखि सञ्चालनमा आउने बताइएको छ।

 

क्यामेरामार्फत टिमुरे–रसुवागढी क्षेत्रमा नदीको बहाव र बाढीको अवस्था प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिनेछ। यसबाट प्राप्त दृश्य तथा तथ्याङ्कलाई विभागको २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवामा एकीकृत गरी चौबिसै घण्टा निगरानी गरिनेछ।

 

विशेषगरी सीमावर्ती क्षेत्रमा नदीको अवस्था अध्ययन, बाढीको जोखिम तथा घटनाको प्रारम्भिक पहिचान गर्न यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ। समयमै सूचना प्रवाह गरी सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा समेत यसले महत्वपूर्ण योगदान पुर्‍याउने बताइएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार