विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा

१४ भाद्र, २०८३, आइतवार
सारांश
  • सरकारले प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय नगरेको कुरा प्रष्टसँग आएको बताउदै समन्वय बिना राहत र उद्धार प्रभावकारी नहुने बताए ।

काठमाडौँ: नेपाली काँग्रेसका सभापत गगन थापाले विपदको अहिलेको समयमा सरकारसँग काधमा काध मिलाएर अगाडी बढ्ने बताएका छन् ।

 

आइतबार भोटेकोशी बाढीपछि उत्पन्न विपत व्यवस्थापनमा नेपाली कांग्रेसले अहिले गरिरहेको काम र स्थलगत जानकारीसहित अबको योजनाका बारेमा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा आफ्नो धारणा राख्दै राहत र उद्धारका क्रममा सरकारलाई साथ दिने बताउदै सरकारको तर्फबाट भएका कमीकमजोरीको विषय पनि जोडदार रुपमा उठाउने बताएका हुन् ।

 

सभापति थापाले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय नगरेको कुरा प्रष्टसँग आएको बताउदै समन्वय बिना राहत र उद्धार प्रभावकारी नहुने बताए । उनले राहत स्थानीय तहले वितरण गर्दा नै प्रभावकारी हुने भन्दै स्थानीय सरकारलाई बाइपास गरेर काम गर्न नसकिने स्पष्ट गरे ।

 

साथै सभापति थापाले विपदको समयमा पार्टीका सबै नेता कार्यकर्ताहरुलाई सामाजिक संजालमा असंबेदनशील विषय पोष्ट नगर्न निर्देशन दिएका थिए ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार