- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने अनलाइन सेवा सुरु गरेको छ ।
काठमाण्डौ, ३१ श्रावण । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने अनलाइन सेवा सुरु गरेको छ ।
बोर्डका अनुसार विद्युतीय प्रणालीमार्फत व्यक्ति स्वयं वा दर्ता सहयोगीले परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सक्नेछन् । यसका लागि राष्ट्रिय परिचयपत्रसँग प्रणालीलाई जोडिएको छ भने राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले पनि आवश्यक विवरण म्यानुअल रूपमा पेश गर्न सक्नेछन् ।
स्वास्थ्य बीमा शुल्क हाल इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि स्वास्थ्य बीमा गरेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी विवरण अद्यावधिक र नवीकरण गर्न सक्नेछन् ।
कार्यालय तथा संगठित क्षेत्रका लागि एकैपटक धेरै जनाको आबद्धता र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । जिल्ला तथा प्रदेशबाट विवरण प्रमाणीकरण र स्वीकृति भएपछि विद्युतीय स्वास्थ्य बीमा परिचयपत्र जारी हुनेछ ।
बोर्डले विधुतीय प्रणालीबाट स्वास्थ्य बीमामा आबद्धता र नवीकरण प्रक्रिया सहज हुनुका साथै सेवाग्राहीको समय बचत र सेवा प्रवाहमा पारदर्शिता बढ्ने अपेक्षा गरेको छ । विवरण अद्यावधिकमार्फत बीमितको तथ्याङ्कसमेत थप व्यवस्थित र शुद्ध हुने बोर्डले जनाएको छ । बोर्डले https://eportal.hib.gov.np/register मार्फत स्वास्थ्य बीमा अनलाईन आवद्धता तथा नवीकरण गर्न सकिने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।