सुनसरी घटना: १ हिन्दुको मृत्यु १० घाईते, गोलि कसले चलायो ?

११ श्रावण, २०८३, सोमवार
सारांश
  • घाइते र पीडित परिवारले योजनाबद्ध रूपमा लाइन काटेर मुस्लिम समुदायको तर्फबाट गोली प्रहार गरिएको शङ्का व्यक्त गरेका छन्।

विराटनगर: विराटनगर नजिकै सुनसरी जिल्लाको देवानगञ्ज र हरिनगर क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावका कारण स्थिति उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटा प्रमुख बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सोमबारी पूजाको तयारी र डिजे (ध्वनि) प्रयोगको विषयलाई लिएर सुरु भएको सामान्य विवाद उग्र बन्दा गोली चलेर एक जना हिन्दु युवकको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।

 

घटना कसरी भयो?
स्थानीयका अनुसार देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा हिन्दु श्रद्धालुहरू सोमबारी पूजाको तयारीका क्रममा मन्दिर परिसरमा भजन तथा डिजे बजाइरहेका थिए। सोही क्रममा स्थानीय केही मुस्लिम समुदायबाट ध्वनि प्रदूषण र पूजाको विषयलाई लिएर अबरोध गर्न खोजीयो र भनाभन सुरु भएको थियो। भनाभन बढ्दै जाँदा धार्मिक प्रतीक, झण्डा तथा डिजे उपकरणमा तोडफोड र कुटपिटको स्थिति सिर्जना भएको बताइएको छ।

 

घटनाका कारण आक्रोशित बनेका स्थानीय र सुरक्षाकर्मीबीच स्थिति नियन्त्रणमा लिने क्रममा थप तनाव उत्पन्न भएको थियो। तनावकै बीच अचानक विद्युत सेवा (लाइन) काटिएको र अन्धकारको फाइदा उठाउँदै गोली चलेको पीडित पक्षको दाबी छ। गोली लागेर स्थानीय युवा ओम प्रकाश मेहताको दुःखद निधन भएको छ भने अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 

घाइते र पीडित परिवारले योजनाबद्ध रूपमा लाइन काटेर मुस्लिम समुदायको तर्फबाट गोली प्रहार गरिएको शङ्का व्यक्त गरेका छन्। यता सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरेले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर मात्र गरेको र सर्वसाधारणमाथि कसको तर्फबाट गोली चल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन्। सिडिओको आधिकारिक भनाइसँगै उक्त गोली सुरक्षाकर्मीबाट नभई गैर-कानुनी हतियारधारी समूह वा विवादित पक्षबाटै चलेको हो कि भन्ने शङ्का अझ बढेको छ।

 

तराईमा बढ्दो धार्मिक संवेदनशीलता
पछिल्लो समय तराईका सीमावर्ती जिल्लाहरूमा धार्मिक सहिष्णुतामाथि खलल पुग्ने खालका गतिविधिहरू बढ्दै गएको। सरस्वती पुजा, गणेश चतुर्दशी (मुर्ती विसर्जन), छट, राम नवमी र नवरात्र लगायत तराईमा मनाईने चाडपर्वहरुमा अबरोधहरु हुन थालेका छन् ।

 

अनधिकृत रूपमा हुने धर्म परिवर्तन, धार्मिक अतिवाद (रेडिकलाइजेसन) र साना हातहतियारको सहज उपलब्धताका कारण सामान्य घरायसी वा धार्मिक विवादले पनि छिट्टै हिंसात्मक रूप लिने गरेको देखिन्छ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन, भ्रामक हल्लाको पछि नलाग्न र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। 

 

हाल कर्फ्यु क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी सूक्ष्म निगरानी बढाउनुका साथै घटनाको सर्वपक्षीय अनुसन्धान अघि बढाइएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार