सुनसरीमा हिन्दु-मुस्लिम झडप: प्रहरीको गोली लागेर एक हिन्दु युवाको मृत्यु

२०८३ श्रावण ११ सोमवार
सारांश
  • सुनसरीको कप्तानगन्जमा दुई हिन्दु-मुस्लिमबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ ।

विराटनगर, ११ श्रावण । सुनसरीको कप्तानगन्जमा दुई हिन्दु-मुस्लिमबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन् ।

 

सुनसरी प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ गएराती चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

​दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै झडप र हिंसामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ । घटनामा अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको विराटनगरका न्युरो, विराट नर्सिङ र नोबेल मेडिकल कलेजलगायतका अस्पतालहरूमा उपचार भइरहेको छ ।

 

श्रावण सोमवारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जान युवाहरूको एउटा समूह डिजे बजाउँदै गैरहेको बेला मुस्लिम समूहले आपत्ति जनाएपछि दुई पक्षबीच विवाद भएको स्थानीयले बताएका छन् । सामान्य विवाद बढ्दै गएपछि दुवै पक्ष आक्रमण र तोडफोडमा उत्रिएका थिए ।

 

स्थिति थप हिंसात्मक बन्दै गएपछि इनरुवास्थित जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थिति तत्काल नियन्त्रणमा लिन बल प्रयोग गर्ने निष्कर्ष निकालेको बताइएको छ । सुरक्षकर्मीको व्यापक परिचालन पछि सुरक्षा व्यवस्था कडा पारिएको र अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार