हिन्दु-मुस्लिम झडपपछि सुनसरीका पाँच बजार क्षेत्रमा कर्फ्यु
२०८३ श्रावण ११ सोमवार
- प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।
विराटनगर, ११ श्रावण । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।
कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।
कर्फ्यु लागू गरिएका क्षेत्रहरू:
हरिनगरा बजार क्षेत्र
पूर्व : नुनिया टोल
पश्चिम : पश्चिम खुनिया धार
उत्तर : हरिनगर गाउँपालिका कार्यालय
दक्षिण : बसन्तपुर मोड
भुटाहा बजार क्षेत्र
पूर्व : मोरिया धार खोला
पश्चिम : इदगाह फिल्ड
उत्तर : सुनसरी खोला
दक्षिण : हरिनगर गाउँपालिका कार्यालय
कसनागञ्ज बजार क्षेत्र
पूर्व : यादव टोल
पश्चिम : पाँचौँ सिमल माध्यमिक विद्यालय
उत्तर : कृष्ण माध्यमिक विद्यालय
दक्षिण : नेपाल–भारत सीमा क्षेत्र
घुस्की बजार क्षेत्र
पूर्व : कासमिया मदरसा
पश्चिम : प्रहरी चौकी घुस्की
उत्तर : ईशा हार्डवेयर
दक्षिण : हिलाल पब्लिक विद्यालय
देवानगञ्ज बजार क्षेत्र
पूर्व : विराटनगर जाने बाटोस्थित मुसहर टोल
पश्चिम : मोरिया खोला
उत्तर : चिउरा मिल
दक्षिण : गाउँपालिका कार्यालय
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।