अवरुद्ध मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा सञ्चालनमा

११ श्रावण, २०८३, सोमवार
सारांश
  • सडक डिभिजन भरतपुरका अनुसार सडक खण्डको १७ किलो क्षेत्रमा माथिबाट ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो । ती ढुंगा हटाएपछि सवारी आवागमन पुनः सञ्चालनमा आएको जनाएको छ।

चितवन: मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो र माथिबाट ढुंगा खस्दा अवरुद्ध भएको सडक हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

 

सडक डिभिजन भरतपुरका अनुसार सडक खण्डको १७ किलो क्षेत्रमा माथिबाट ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो । ती ढुंगा हटाएपछि सवारी आवागमन पुनः सञ्चालनमा आएको जनाएको छ।

 

डिभिजनका अनुसार केही ठूला ढुंगा अझै पनि ‘ब्रेकर’ मेसिनको प्रयोग गरी हटाउनुपर्ने भएकाले सफाइको काम जारी रहेको छ ।

 

सडक डिभिजनले उक्त सडक खण्डमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सबै यात्रु र चालकलाई आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार