एमबीएस परीक्षाको प्रश्नपत्र लिक बारे अध्ययन गर्न छानविन समिति गठन

१० श्रावण, २०८३, आइतवार
सारांश
  • घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न व्यवस्थापन केन्द्रीय विभागका प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन् ।

काठमाडौं: त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डीन कार्यालयले एमबीएस प्रथम सत्रको एमजीटी ५१५ ‘अर्गनाइजेशन बिह्याावियर’ विषयको प्रश्नपत्र चुहावट छानविन गर्न समिति गठन गरेको छ । व्यवस्थापन संकाय परीक्षा सञ्चालन समितिको आइतबार बसेको बैठकले प्रश्नपत्र चुहावट छानविन गर्न समिति गठन गरेको हो ।

 

त्रिविको डीन कार्यालयले एमबीबीएसको प्रश्नपत्र बाहिरिएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीउपर कानुनी कारवाही सिफारिसका लागि छानविन समिति गठन गरिएको जनाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न व्यवस्थापन केन्द्रीय विभागका प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन् ।

 

साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र चुहावट भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डीनको कार्यालयले छानविन समिति गठन गरेको हो । परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार