सीमा सहजीकरणका लागि सशस्त्रको बोर्डर इन्टरएक्सन टिम परिचालन
१० श्रावण, २०८३, आइतवार
- सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले आईतबार रुपन्देहीको डण्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी सो टोलीलाई आवश्यक निर्देशन दिदै टोली परिचालनको शुभारम्भ गर्नुकासाथै सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापको बारेमा समेत जानकारी लिएका छन् ।
काठमाडौँ: सीमा सहजीकरण तथा सीमा ईलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनको लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बिआइटी) परिचालन गरिएको छ ।
साउन १० गतेदेखि सीमा ईलाकाको मुख्य नाकाहरु झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कैलालीको त्रिनगरमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा एक ठाउँमा १४ जना रहने गरि टोली परिचालन गरिएको हो । सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा तैनाथ रहि सीमाको मुख्य नाकाहरुमा परिचालन हुनेछन् ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले आईतबार रुपन्देहीको डण्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी सो टोलीलाई आवश्यक निर्देशन दिदै टोली परिचालनको शुभारम्भ गर्नुकासाथै सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापको बारेमा समेत जानकारी लिएका छन् ।
सो टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र बृद्धबृद्धाहरुको सहजीकरण, मावन वेचविखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागूऔषध, वन्यजन्तु लगायतका सामाग्रीहरुको निगरानी, नियन्त्रण तथा चेकजाँचमा कडाईकासाथ काम गर्नेछ ।
सो टोलीबाट सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय तथा अन्य सुरक्षा नियकाहरुसँग समन्वयमा सीमा ईलाकामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रण लगायतका अन्य अप्रेशनल कामकारवाहीमा समेत सहयोग पुग्ने विश्वास लिईएको छ । आजै अन्य नाकामा समेत सम्बन्धित बाहिनीका बाहिनिपतिहरुले टोली परिचालनको शुभारम्भ गरेका छ्न् ।
मुख्य सीमा नाकाहरुमा परिचालन हुने सो टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजे देखि सांझ ८ बजेसम्म सादा पोशाक (सफारी सुट)मा रहने छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
-
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।