- प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुने साथै कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुनसक्ने शाखाले उल्लेख गरेको छ ।
काठमाडौं: सोमबारदेखि कोरियन भाषा परीक्षाको आवेदन दिन सकिने भएको छ । ईपीएस कोरिया शाखाका अनुसार सन् २०२६ का लागि प्रथम चरणको आवेदन सोमबारदेखि खुला हुने भएको हो ।
आवेदन जुलाई २७ देखि अगस्ट २ सम्म आवेदन दिन सकिने र आवेदन अनलाइनमार्फत दिन सकिने शाखाले जनाएको छ ।
शाखाका अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टमबाट अनुमानित उत्तीर्ण संख्या ७२ सय हुने उल्लेख छ । जसमा सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ हजार र वन क्षेत्रमा पनि १ हजार कोटा तोकिएको छ ।
प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुने साथै कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुनसक्ने शाखाले उल्लेख गरेको छ ।
शाखाले प्रथम चरणको परीक्षामा उतिर्णहरुलाई दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मुल्यांकन मा सहभागी भइ उतिर्ण भएपछि मात्र अन्तिम छनौटमा पर्न सक्ने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।