काठमाडौं महानगरका- ३० का लेखा अधिकृत घुससहित पक्राउ

८ श्रावण, २०८३, शुक्रवार
सारांश
  • उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजारघुससहित पक्राउ गरेको हो ।

काठमाडौं: काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।

 

उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजारघुससहित पक्राउ गरेको हो ।

 

स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

 

अख्तियारले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार