भारतीय जेलमा रहेका नेपाली किसानको शीघ्र रिहाइ गर्न कांग्रेसको माग
२०८३ साउन ८ शुक्रवार
- विज्ञप्तिअनुसार दुवै किसानलाई विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा कारागारमा राखिएको छ ।
- कांग्रेसका अनुसार ती किसान आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले दुई बोरा युरिया र डिएपी मल खरिद गर्न भारत गएका थिए ।
काठमाण्डौ, ०८ श्रावण । नेपाली कांग्रेसले भारतीय जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको तत्काल रिहाइका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । साथै, देशभर देखिएको रासायनिक मलको अभाव तत्काल समाधान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिकाका कृषक सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय सीमावर्ती बजार सोनवरसाबाट आफ्नो खेतीका लागि रासायनिक मल खरिद गरी फर्किने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर चासो व्यक्त गरेको हो ।
विज्ञप्तिअनुसार दुवै किसानलाई विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा कारागारमा राखिएको छ । घटनाबारे वास्तविकता बुझ्न कांग्रेसले पीडित परिवार तथा स्थानीय समुदायसँग पनि जानकारी लिएको जनाएको छ ।
कांग्रेसका अनुसार ती किसान आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले दुई बोरा युरिया र डिएपी मल खरिद गर्न भारत गएका थिए । नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएका कारण उनीहरू सीमापारबाट मल ल्याउन बाध्य भएको पार्टीको भनाइ छ ।
कांग्रेसले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसक्दा उनीहरू यस्तो अवस्थाको सामना गर्न बाध्य भएको उल्लेख गर्दै, "मल गोदाममा, किसान जेलमा" भन्ने अवस्था अत्यन्त विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ ।
पार्टीले किसानहरूको रिहाइका लागि व्यवहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ। साथै, भारत सरकारसँग पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राखी खेतीका लागि मल खरिद गर्ने क्रममा पक्राउ परेका नेपाली किसानलाई अविलम्ब रिहा गर्न अनुरोध गरेको छ ।
कांग्रेसले नेपाल–भारत सम्बन्ध केवल दुई सरकारबीच सीमित नरही दुई देशका जनताबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस्ता संवेदनशील विषयलाई सोही भावना अनुरूप समाधान गर्न दुवै सरकारसँग आग्रह गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।