- यो दिवस सन् १९८२ मा अन्तर्राष्ट्रिय ह्वेल आयोगले व्यावसायिक रूपमा ह्वेलको सिकारमा पूर्ण प्रतिबन्ध लगाउने ऐतिहासिक निर्णय गरेको सम्झनामा मनाइन्छ ।
काठमाण्डौ, ०७ श्रावण । प्रत्येक वर्ष जुलाई २३ मा विश्वभर विश्व ह्वेल तथा डल्फिन दिवस मनाइन्छ । समुद्री पारिस्थितिक प्रणालीमा ह्वेल र डल्फिनको महत्वपूर्ण भूमिकाबारे जनचेतना फैलाउने तथा तिनलाई बन्दीकरण, जलवायु परिवर्तन, समुद्री प्रदूषण र अवैध सिकारजस्ता खतराबाट जोगाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
यो दिवस सन् १९८२ मा अन्तर्राष्ट्रिय ह्वेल आयोगले व्यावसायिक रूपमा ह्वेलको सिकारमा पूर्ण प्रतिबन्ध लगाउने ऐतिहासिक निर्णय गरेको सम्झनामा मनाइन्छ । त्यस निर्णयको कार्यान्वयनसँगै सन् १९८६ देखि यो दिवसलाई औपचारिक रूपमा मनाउन थालिएको हो ।
व्यावसायिक सिकारमा प्रतिबन्ध लागे पनि ह्वेल र डल्फिन अझै पनि विभिन्न चुनौतीसँग जुधिरहेका छन् । समुद्रमा बढ्दो प्लास्टिकजन्य फोहोर, जहाजसँग हुने ठक्कर, समुद्री ध्वनि प्रदूषण, जलवायु परिवर्तनका असर तथा केही क्षेत्रमा हुने अवैध सिकारले यी समुद्री स्तनधारी जीवको अस्तित्वमा गम्भीर खतरा सिर्जना गरेको छ ।
विज्ञहरूका अनुसार ह्वेल समुद्री जैविक विविधता जोगाउन मात्र होइन, जलवायु सन्तुलन कायम गर्न पनि महत्वपूर्ण मानिन्छ। ह्वेलबाट निस्कने मलले समुद्रमा सूक्ष्म वनस्पतिको वृद्धि गर्न सहयोग पुर्याउँछ, जसले वायुमण्डलको कार्बन डाइअक्साइड अवशोषण गरेर जलवायु परिवर्तनको प्रभाव कम गर्न योगदान दिने विश्वास गरिएको छ ।
यस दिवसका अवसरमा समुद्री जीव संरक्षणका अभियानमा सहयोग गर्न, संरक्षणमा सक्रिय संस्थालाई समर्थन गर्न तथा समुद्री क्षेत्रमा भ्रमण गर्दा वातावरणमैत्री र जिम्मेवार पर्यटन अपनाउन आग्रह गरिन्छ । संरक्षणकर्मीहरूका अनुसार ह्वेल र डल्फिनको सुरक्षा समुद्री पारिस्थितिक प्रणालीको दीर्घकालीन संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
-
बाढीपछि विवादमा आएको ‘ग्रिन आर्मी नेपाल’को दर्ता खारेज
-
तुइनखोलामा माटो कटान कार्य गरिदै, सवारी आवागमना आंशिक रोक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।