मुटु बचाऔँ, जीवन जोगाऔँ: मारुती सिमेन्ट्सद्वारा देशभर सिपिआर तालिम सञ्चालन गर्न सामाग्री सहयोग
२०८३ श्रावण ०७ विहिवार
- "हामी केवल निर्माणमा मात्र होइन, समाजको सुरक्षा र स्वास्थ्यमा पनि उत्तिकै गम्भीर छौँ," कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाण्डौ, ०७ श्रावण । हालको बदलिँदो र व्यस्त जीवनशैली, बढ्दो मानसिक तनाव तथा अव्यवस्थित खानपानका कारण विशेषगरी युवापुस्तामा हृदयसम्बन्धी आकस्मिक समस्याहरू एउटा गम्भीर चुनौतीका रूपमा देखा परिरहेका छन् । यस्तो संवेदनशील अवस्थामा तत्काल प्राथमिक उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपर्ने जोखिमलाई मध्यनजर गर्दै मारुती सिमेन्ट्स लिमिटेडले एक सराहनीय कदम चालेको छ ।
सामाजिक उत्तरदायित्व लाई प्राथमिकतामा राख्दै मारुती सिमेन्ट्सले देशभर सिपिआर (कार्डियोपल्मोनरी रिससिटेसन) तालिम सञ्चालन गर्ने उद्देश्य बोकेको 'जयन्ती मेमोरियल ट्रस्ट' लाई आवश्यक तालिम सामाग्रीहरू हस्तान्तरण गरेको छ । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा दुवै संस्थाका सञ्चालकहरूको उपस्थितिमा उक्त सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।
मारुती सिमेन्ट्सले समाजप्रतिको आफ्नो जिम्मेवारीलाई आत्मसात् गर्दै यो सानो प्रयासले धेरैको जीवन रक्षामा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । "हामी केवल निर्माणमा मात्र होइन, समाजको सुरक्षा र स्वास्थ्यमा पनि उत्तिकै गम्भीर छौँ," कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जयन्ती मेमोरियल ट्रस्टले प्राप्त सामाग्रीहरूको उच्चतम प्रयोग गरी देशभरि नै सिपिआर तालिम अभियान सञ्चालन गर्ने लक्ष्य राखेको छ । आकस्मिक अवस्थामा मुटुको धड्कन रोकिएका व्यक्तिलाई अस्पताल पुर्याउनु अघि दिइने सिपिआर विधिको बारेमा जनमानसलाई साक्षर बनाउन सके धेरैको ज्यान जोगाउन सकिने ट्रस्टको ठम्याई छ ।
यस सहकार्यले समाजमा प्राथमिक स्वास्थ्य शिक्षाको महत्त्वलाई उजागर गर्नुका साथै अन्य निजी क्षेत्रलाई पनि सामाजिक सेवामा लाग्न प्रेरणा दिने विश्वास लिइएको छ । मारुती सिमेन्ट्स र जयन्ती मेमोरियल ट्रस्टको यो संयुक्त पहलले जनस्तरमा स्वास्थ्य सुरक्षाको नयाँ लहर ल्याउने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री शाहको निर्देशन
-
चीन भ्रमणमा जाने तयारीमा रवि लामिछाने
-
नेपाली काँगेस (सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान) द्वारा विशेष पत्रकार सम्मेलनको आह्वान
-
सप्तरीमा ३ हजार किलोभन्दा बढी गाँजासहित तीन जीप नियन्त्रणमा
-
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार
धेरै पढिएको
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।