छात्राहरूलाई दुर्व्यबहार गर्ने दुई शिक्षक र एक चालक पक्राउ
४ श्रावण, २०८३, सोमवार
- प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेमा कानुनअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।
मोरङ: मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेस्थित सुकुना माध्यमिक विद्यालयका छात्राहरूले शिक्षकबाट दुर्व्यवहार भएको आरोप लगाउँदै प्रदर्शन गर्ने तयारी गरेको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनाको अनुसन्धानका क्रममा संलग्न देखिएका सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, वडा नम्बर २ का ३० वर्षीय किशोरलाल गच्छदार र वडा नम्बर १२ का ३५ वर्षीय अबिरल मास्केलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेमा कानुनअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।
यस घटनाबारे सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न पनि प्रहरीले सबैलाई आग्रह गरेको छ । प्रहरीले घटनाको वास्तविक तथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।