पहिरोका कारण मुग्लिन-काठमाडौं सडक अवरुद्ध

४ श्रावण, २०८३, सोमवार
सारांश
  • प्रहरीले हाल दुवै स्थानमा पहिरो पन्छाउने काम जारी रहेको बताएको छ ।

काठमाडौं: पहिरोका कारण मुग्लिन–काठमाडौं सडक अवरुद्ध रहेको छ । पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक अवरुद्ध रहेको हो ।
 

लगातार भएको बर्षापछि धादिङको बेनीघाटस्थित जवाङ खोला नजिक पहिरो गएको छ भने चितवनको इच्छाकामनाको फिसलिङमा पनि पहिरो खसेको छ ।
 

प्रहरीले हाल दुवै स्थानमा पहिरो पन्छाउने काम जारी रहेको बताएको छ ।
 

वर्षाका कारण रात्रीको यात्रामा जोखिम हुने भन्दै धादिङ र चितवन प्रशासनले गएराति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सन्चालनमा रोक लगाएका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार