निकुञ्जमा च्याउ खोज्न जादा सम्पर्कबिहिन भएका १४ महिला सकुशल सम्पर्कमा

४ श्रावण, २०८३, सोमवार
सारांश
  • शनिबार बिहान करिब ११ बजे निकुञ्जभित्र च्याउ खोज्न गएका उनीहरू साँझ ९ बजेसम्म पनि सम्पर्कमा नआएपछि खोजतलास सुरु गरिएको थियो ।

कञ्चनपुर: कञ्चनपुरको भिमदत्त नगरपालिका –१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गई सम्पर्कबिहिन भएका १४ जना महिला सम्पर्कमा आएका छन् ।

 

शनिबार बिहान करिब ११ बजे निकुञ्जभित्र च्याउ खोज्न गएका उनीहरू साँझ ९ बजेसम्म पनि सम्पर्कमा नआएपछि खोजतलास सुरु गरिएको थियो । 

 

नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीसहित स्थानीय समेत परिचालन गरी रातभर खोजी कार्य सञ्चालन गरिएको थियो ।

 

उनीहरु सोमबार दिउँसो करिब १: १० बजे सम्पर्क विहीन भएका सबै १४ जना सकुशल सम्पर्कमा आएको प्रहरीले बताएको छ ।

जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिएपछि बाहिर निस्कन नसकेको उनीहरुले बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार