- भारतको मौसम विभागले खराब मौसमको चेतावनी जारी गरेपछि अमरनाथ यात्रा आइतवारदेखि अस्थायी रूपमा स्थगित गरिएको छ ।
काठमाण्डौ, ०३ श्रावण । भारतको मौसम विभागले खराब मौसमको चेतावनी जारी गरेपछि अमरनाथ यात्रा आइतवारदेखि अस्थायी रूपमा स्थगित गरिएको छ ।
जम्मु–कश्मीरको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो। विभागका अनुसार यो निर्णय पहलगाम र बालटाल दुवै मार्गमा लागू हुनेछ ।
खराब मौसमको चेतावनीलाई मध्यनजर गर्दै साउन ३ गते (जुलाई १९, २०२६) जम्मुबाट कश्मीरतर्फ कुनै पनि नयाँ तीर्थयात्रीको समूहलाई प्रस्थान गर्न अनुमति नदिइने बताइएको छ ।
तीर्थयात्रीहरूलाई जम्मु, उधमपुर र रामबनमा तोकिएका विश्रामस्थलमै बस्न तथा प्रशासनको अर्को सूचना नआएसम्म प्रतीक्षा गर्न आग्रह गरिएको छ ।
सूचना तथा जनसम्पर्क विभागका अनुसार हालसम्म अमरनाथ यात्राका क्रममा तीन लाख ७० हजारभन्दा बढी तीर्थयात्रीले पवित्र गुफामा पुगेर दर्शन गरिसकेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।