संविधानसभा सदस्य मिरा ध्वोजुलाई क्यान्सर, पति इश्वर पोखरेलले के भने ?
२ श्रावण, २०८३, शनिवार
- उपचारको क्रम अझै जारी रहने भएका कारण आफ्नो उपस्थिति र गतिविधि अझै प्रभावित रहने उल्लेख गरेका छन् ।
काठमाडौं: नेकपा एमालेका नेता ईश्वर पोखरेलको श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ ।
पोखरेलले श्रीमतीको भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा क्यान्सरको उपचार भइरहेको जानकारी दिएका हुन् । मिरा संविधानसभा सदस्य पनि हुन् । उनलाई के काे क्यान्सर भएकाे हाे खुलाएका छैनन् ।
श्रीमतीको उपचारमा खटिनुपरेकाले यसबीच देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष जोडिन नसकेको बताएका छन् ।
उपचारको क्रम अझै जारी रहने भएका कारण आफ्नो उपस्थिति र गतिविधि अझै प्रभावित रहने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै श्रीमतीप्रति स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्ने र प्रतिकूलतामा पनि प्रत्यक्ष भेट्न आउने साथीहरू तथा आफन्तजनप्रति आभार व्यक्त गरेका छन् ।
‘तपाईंहरूको सद्भावपूर्ण र सहयोगी भावनाले हामीले हौसला प्राप्त गरिरहेका छौं’ उनले भनेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।