काठमाडौं आउने-जाने यात्रुलाई रातिको यात्रा गर्दा विशेष सतर्कता अपनाउन प्रशासनको आग्रह

२ श्रावण, २०८३, शनिवार
सारांश
  • सार्वजनिक तथा निजी सवारीका चालक, सहचालक, सवारीधनी र यात्रुलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुन सक्रिय भएसँगै सडकमार्गबाट काठमाडौं उपत्यका आउने–जाने यात्रुले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

 

कार्यालयले जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको रातो सतर्कता जारी गरेको उल्लेख गर्दै बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गरी यात्रा गर्नुपर्ने जनाएको हो ।

 

प्रशासनले काठमाडौं उपत्यकाका उत्तर, दक्षिण, पूर्व र पश्चिमका सबै प्रवेश तथा बाहिरिने नाकाबाट आवतजावत गर्ने सार्वजनिक तथा निजी सवारीका चालक, सहचालक, सवारीधनी र यात्रुलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।

 

विशेषगरी विगतका वर्षमा रातिको समयमा बाढी र पहिरोका कारण ठूलो क्षति भएको स्मरण गराउँदै सम्भावित भारी वर्षा हुने दिनमा रातिको यात्रा गर्दा अझ बढी सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

 

राजमार्गका कुनै खण्डमा बाढी वा पहिरोका कारण सडक अवरुद्ध भएमा यात्रुलाई सुरक्षित स्थानमा मात्रै रोक्ने, आवश्यक खाना तथा पानीको व्यवस्था गर्ने र प्रहरी प्रशासनबाट सडक सञ्चालन भएको आधिकारिक जानकारी प्राप्त गरेपछि मात्र यात्रा अघि बढाउन पनि सूचनामा भनिएको छ ।

 

आपत्कालीन अवस्थामा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका सहायता नम्बर १००, १०३, १११४ र १२३४ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार