भूमि समस्या समाधान समितिसँग महानगरको छलफल, सबैको आवास अधिकारका लागि सहकार्य गर्न प्रस्ताव
३२ आषाढ़, २०८३, बिहिवार
- छलफलमा नदी किनाराबाट हटाइएका तथा जोखिमयुक्त क्षेत्रबाट स्थानान्तरण गरिएका परिवारको व्यवस्थापन, लगत संकलन र पुनःस्थापनाका विषयमा छलफल भएको थियो । महानगरभित्रका जोखिमयुक्त स्थानबाट होल्डिङ सेन्टरमा सारिएका २ हजार ६०८ परिवार पहिचान भएको जानकारी दिइएको छ ।
काठमाडौँ: काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासी सबैलाई एउटै प्रक्रिया र व्यवस्थाबाट आवासको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् । भूमि समस्या समाधान समितिसँगको छलफलमा डंगोलले समस्या जग्गाको स्वामित्वभन्दा पनि नागरिकको सुरक्षित आवासको अधिकारसँग जोडिनुपर्ने धारणा राखेकी हुन् ।
उनले जमिन मात्रै दिएर समस्या समाधान नहुने बताउँदै रोजगारी र आयस्रोत नभएका परिवारको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै सबै परिवारलाई समान दृष्टिले हेरेर दिगो समाधान खोज्नुपर्ने बताइन् ।
छलफलमा नदी किनाराबाट हटाइएका तथा जोखिमयुक्त क्षेत्रबाट स्थानान्तरण गरिएका परिवारको व्यवस्थापन, लगत संकलन र पुनःस्थापनाका विषयमा छलफल भएको थियो । महानगरभित्रका जोखिमयुक्त स्थानबाट होल्डिङ सेन्टरमा सारिएका २ हजार ६०८ परिवार पहिचान भएको जानकारी दिइएको छ ।
भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलाले हटाइएका परिवारको विवरण संकलन तथा व्यवस्थापन समितिले गर्ने बताए । साथै, अन्य भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचानका लागि सूचना जारी गरी लगत संकलन प्रक्रिया अघि बढाउने प्रस्ताव गरे ।
छलफलमा वडाध्यक्षहरूले नदी किनाराबाट हटाइएका परिवार, सरकारी जग्गामा पुस्तौँदेखि बसोबास गरिरहेका नागरिक र व्यवस्थापन हुन बाँकी परिवारको समाधानबारे प्रश्न उठाएका थिए । जमिन उपलब्ध गराउन कठिन अवस्था रहेकाले महानगरले सञ्चालन गरेको संयुक्त आवास कार्यक्रमलाई निरन्तरता दिन सकिने विषयमा पनि छलफल भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।