विष्णु पौडेललाई बिना शर्त रिहाई गर्न एमालेको माग

९ आषाढ़, २०८३, मगलवार
सारांश
  • बैठकका निर्णय बारे जानकारी दिदै एमाले प्रमुख सचेतक ऐन महरले भने- 'पार्टी उपाध्यक्षलाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो। उहाँसँग पीएसओ छ। उहाँ काठमाडौं आउने कुरा थाहा हुँदा-हुँदै रातारात सार्वजनिक माध्यमबाट काठमाडौं ल्याइयो। त्यो कानुनी राज्यको बर्खिलापमा छ। संदसीय दलले त्यसको घोर भर्त्सना गरेको छ। बिना सर्त रिहाइको माग गरेको छ ।'

काठमाडौं: नेकपा एमाले संसदीय दलको बैठकले पक्राउ परेका पार्टी उपाध्यक्ष विष्णु पौडेलको बिना शर्त रिहाईको माग गरेको छ ।

 

मंगलबार पार्टी कार्यालयमा बसेको दलको बैठकले पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरेको निष्कर्ष निकाल्दै बिना सर्त रिहा गर्न माग गरेको हो ।

 

बैठकका निर्णय बारे जानकारी दिदै एमाले प्रमुख सचेतक ऐन महरले भने- 'पार्टी उपाध्यक्षलाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो। उहाँसँग पीएसओ छ। उहाँ काठमाडौं आउने कुरा थाहा हुँदा-हुँदै रातारात सार्वजनिक माध्यमबाट काठमाडौं ल्याइयो। त्यो कानुनी राज्यको बर्खिलापमा छ। संदसीय दलले त्यसको घोर भर्त्सना गरेको छ। बिना सर्त रिहाइको माग गरेको छ ।'

 

उनले सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिंडेको आरोप लगाउदै कुनै पनि तह र तप्काका नागरिक अहिले सुरक्षित नरहेको बताए ।  

 

उनले एमालेले सरकारका यस्ता क्रियाकलापको विरुद्धमा सदनमा सशक्तरूपमा उत्रिने बताए । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार