सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
२०८३ जेठ ३० शनिवार
- सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल भेटिएको छ।
काठमाण्डौ, ३० जेठ । सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल भेटिएको छ।
शुक्रवार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरको संयुक्त अनुगमनका क्रममा सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा घुन लागेको र कुहिएको दाल, कुहेको अण्डा पाइएको हो ।
निरीक्षणका क्रममा सरसफाइ सामान्य अवस्थामा रहेको भएपनि अनुगमनका क्रममा स्पष्ट रूपमा घुन लागेको करिब सत्र किलो चना दाल, ओसिएको करिब एघार किलो बदाम तथा केही भाग फुटेका चौध वटा अण्डा भेटिएको थियो । अनुगमन टोलीले ती घुन लागेको, ओसिएको तथा बिग्रिएका खाद्य वस्तु तत्काल नष्ट गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार खाद्य स्वच्छताका मापदण्ड पालना नगरी गुणस्तरहीन खाद्य पदार्थ भण्डारण तथा प्रयोगका लागि राखिएको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को प्रावधान अनुसार सम्बन्धित क्यान्टिन संचालक जी एण्ड बी क्याफे ग्रुपलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार
-
अर्थमन्त्री डा. वाग्लेको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आपत्ति
-
चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी
-
साहिबजादा फरहान पाकिस्तान फर्किदै
-
एनपीएललाई शुभकामना दिदै गगन थापाले भने- वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।