सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
२०८३ जेठ ३० शनिवार
- सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल भेटिएको छ।
काठमाण्डौ, ३० जेठ । सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल भेटिएको छ।
शुक्रवार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरको संयुक्त अनुगमनका क्रममा सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा घुन लागेको र कुहिएको दाल, कुहेको अण्डा पाइएको हो ।
निरीक्षणका क्रममा सरसफाइ सामान्य अवस्थामा रहेको भएपनि अनुगमनका क्रममा स्पष्ट रूपमा घुन लागेको करिब सत्र किलो चना दाल, ओसिएको करिब एघार किलो बदाम तथा केही भाग फुटेका चौध वटा अण्डा भेटिएको थियो । अनुगमन टोलीले ती घुन लागेको, ओसिएको तथा बिग्रिएका खाद्य वस्तु तत्काल नष्ट गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार खाद्य स्वच्छताका मापदण्ड पालना नगरी गुणस्तरहीन खाद्य पदार्थ भण्डारण तथा प्रयोगका लागि राखिएको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को प्रावधान अनुसार सम्बन्धित क्यान्टिन संचालक जी एण्ड बी क्याफे ग्रुपलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।