सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हरियारसहित प्रवेश, स्थानीयको प्रतिकार
२९ जेठ, २०८३, शुक्रवार
- स्थानीयका अनुसार सुरक्षाकर्मीहरू नेपाली भूभागतर्फ प्रवेश गरेपछि उनीहरूलाई आउनुको कारण सोध्दै विरोध गरेका थिए । भारतीय सुरक्षाकर्मीलेस्पष्ट जवाफ नदिई अटेरी गरेपछि स्थानीयहरू एकजुट भएर प्रतिकारमा उत्रिएको बताएका छन् ।
बुटवल: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रस्थित सीमा नजिक भारतीय सुरक्षाकर्मी हतियारसहित खोला तरेर नेपाली क्षेत्रमा गस्ती गर्न आएपछि स्थानीयले प्रतिकार गरेका छन् ।
स्थानीयका अनुसार सुरक्षाकर्मीहरू नेपाली भूभागतर्फ प्रवेश गरेपछि उनीहरूलाई आउनुको कारण सोध्दै विरोध गरेका थिए । भारतीय सुरक्षाकर्मीलेस्पष्ट जवाफ नदिई अटेरी गरेपछि स्थानीयहरू एकजुट भएर प्रतिकारमा उत्रिएको बताएका छन् । सामाजिक सञ्जालमा सार्बजनिक भिडियोमा पनि स्थानीयले प्रतिकार गरेको देखिएको छ ।
यसअघि पनि भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको भन्दै स्थानीयले गुनासो गरेका थिए ।
यसैबीच यो विषयले प्रतिनिधि सभामा पनि प्रवेश गरेको छ । नेकपा एमालेका सांसद ऐन महरले प्रतिनिधि सभामा यो घटना उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान शुरु
-
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
-
एनपीएलको तेस्रो संस्करणका विजेताले डेढ करोड पुरस्कार पाउने
-
जुवातास खेलिरहेको अवस्थामा दार्चुलाबाट ८ जना पक्राउ
-
काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।