सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हरियारसहित प्रवेश, स्थानीयको प्रतिकार

२९ जेठ, २०८३, शुक्रवार
सारांश
  • स्थानीयका अनुसार सुरक्षाकर्मीहरू नेपाली भूभागतर्फ प्रवेश गरेपछि उनीहरूलाई आउनुको कारण सोध्दै विरोध गरेका थिए । भारतीय सुरक्षाकर्मीलेस्पष्ट जवाफ नदिई अटेरी गरेपछि स्थानीयहरू एकजुट भएर प्रतिकारमा उत्रिएको बताएका छन् ।

बुटवल: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रस्थित सीमा नजिक भारतीय सुरक्षाकर्मी हतियारसहित खोला तरेर नेपाली क्षेत्रमा गस्ती गर्न आएपछि स्थानीयले प्रतिकार गरेका छन् ।

 

स्थानीयका अनुसार सुरक्षाकर्मीहरू नेपाली भूभागतर्फ प्रवेश गरेपछि उनीहरूलाई आउनुको कारण सोध्दै विरोध गरेका थिए । भारतीय सुरक्षाकर्मीलेस्पष्ट जवाफ नदिई अटेरी गरेपछि स्थानीयहरू एकजुट भएर प्रतिकारमा उत्रिएको बताएका छन् । सामाजिक सञ्जालमा सार्बजनिक भिडियोमा पनि स्थानीयले प्रतिकार गरेको देखिएको छ । 

 

यसअघि पनि भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको भन्दै स्थानीयले गुनासो गरेका थिए ।

 

यसैबीच यो विषयले प्रतिनिधि सभामा पनि प्रवेश गरेको छ । नेकपा एमालेका सांसद ऐन महरले प्रतिनिधि सभामा यो घटना उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार