२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ८६ घाइते

२८ जेठ, २०८३, बिहिवार
सारांश
  • नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र बागमती प्रदेशमा २-२ जना तथा गण्डकी र कर्णाली प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् ।

 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र बागमती प्रदेशमा २-२ जना तथा गण्डकी र कर्णाली प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

 

त्यस्तै देशभर भएका दुर्घटनामा ८६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना, कोशी प्रदेशमा २३ जना घाइते भएका छन् भने काठमाडौँमा २४ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा ३ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ११ जना घाइते भएका छन् भने लुम्बिनीमा ३ जना घाइते भएका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार