काठमाडौँ महानगरका सार्वजनिक स्थलमा मागेर बस्न पूर्ण निषेध
२३ जेठ, २०८३, शनिवार
- उद्धारपछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका सार्वजनिक स्थलहरुमा मागेर बस्नेहरुलाई पूर्ण निषेध गर्ने भएको छ ।
वेसहारा, अशक्त, असहाय, अभिभावक विहिन, सडक आश्रित व्यक्तिहरु जसले आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, हेरचाह र स्याहारका लागि आफन्त पनि नभएका, खानका लागि अन्नपात नभएका, अन्न किन्ने पैसा नभएका, विरामी पर्दा उपचार गर्ने पैसा नभएका त्यस्ता व्यक्तिहरुको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमसँगको सहकार्यमा मानवोचित व्यवस्थापन गरिने महानगरले जनाएको छ । जसले माग्ने कामलाई पेशा बनाएका छन्, त्यस्ता व्यक्तिका लागि मागेर खाने कामलाई पूर्ण निषेध गरिने महानगरले स्पष्ट गरेको छ ।
प्रवक्ता नविन मानन्धरका अनुसार, २०७४ साल मंसिर १ गतेदेखि २०८३ साल जेठ २१ ग्ते सम्ममा २ हजार ४२१ जनालाई उद्धार गरिएको छ । जसमा १ हजार ५७१ जना पुरुष र ८५० जना महिला छन् । उमेरगत हिसाबले हेर्दा ५ वर्षसम्मका २ जना बालक र ८ जना बालिका गरी १० जना छन् । ६ बर्षदेखि १७ वर्षसम्मका ३९ जना बालक र २४ जना बालिका गरी ६३ जना बालबालिका छन् । १८ देखि ३९ वर्षसम्मका ३८७ जना पुरुष र २६६ महिला गरी ६५३ जना वयस्क हुनुहुन्छ । ४० वर्षदेखि ५९ वर्ष सम्मका ५८३ जना पुरुष र २७१ जना महिला गरी ८५४ जना छन् ६० वर्ष माथिका ५६० जना पुरुष, २८१ जना महिला गरी ८४१ जना रहेका छन् ।
उद्धारपछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सामाजिक समितिका पदाधिकारी, जिल्ला प्रशासन कार्यालय, उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर, महानगर प्रहरी बलका प्रतिनिधि विच सडक सेवालाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समन्वयात्मक बैठक गरेर मानवीयताका लागि अन्तर कार्यालय प्रभावकारी र दिगो सम्बन्ध स्थापनाका लागि सम्झौता गरेर दायित्वसहित काम गर्ने निर्णय गरेको छ ।
काठमाडौँका विभिन्न मठ मन्दिर, चैत्य, गुम्बालगायत सम्पदा क्षेत्रसँग सम्बन्धित व्यवस्थापन समितिका पदाधिकारीसँग यस्ता क्षेत्रमा माग्ने व्यक्तिहरुलाई निषेध गर्ने विषयमा छलफल गरिएको छ । त्यस बैठकले महानगरपालिकाले सहयोगापेक्षीको व्यवस्थापन गर्ने भएपछि पेशेवर माग्नेलाई निषेध गर्न कठिन नभएको निष्कर्ष निकालेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।