दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते
२३ जेठ, २०८३, शनिवार
- हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो ठोक्किँदा बोलेरो चालकसहित दुवै सवारीसाधनमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
हेटौडा: मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धारा ढोला (खोल्सा) स्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो ठोक्किँदा बोलेरो चालकसहित दुवै सवारीसाधनमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । सबै घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनापछि सुमो चालकलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरूको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
फ्रान्सका विभिन्न सहरमा कर्फ्यु, दङ्गामा २ हजार ५०० भन्दा बढी पक्राउ
-
दशैँको अवसरमा काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलद्वारा निःशुल्क बस सेवा सञ्चालन
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ३ गते मङ्गलबार
-
भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
-
मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’