पछिल्लो २४ घटनामा देशभर दुर्घटनामा ९ जनाको मृत्यु, ६६ जना घाइते

२०८३ जेठ २२ शुक्रवार
सारांश
  • दुर्घटनामा लुम्बिनी प्रदेशमा ४ जना, बागमती प्रदेशमा २ जना र मधेश, कोशी र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ: पछिल्लो २४ घटनामा देशका विभिन्न स्थानमा भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ४ जना, बागमती प्रदेशमा २ जना र मधेश, कोशी र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

 

त्यस्तै देशभर भएका दुर्घटनामा ६६ जना घाइते भएका छन् । जस अनुसार कोशी प्रदेशमा २२ जना घाइते भएका छन् भने मधेश प्रदेशमा २१ जना, काठमाडौँमा १२ जना घाइते भएका छन् भने काठमाडौँबाहेक बागमती प्रदेशमा ८ जना घाइते भएका छन् । त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एक एक जना घाइते भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार