अभिनेता रणवीर सिंहले चलचित्र कर्मचारी संघलाई कानुनी नोटिस
२० जेठ, २०८३, बुधवार
- बलिवुड अभिनेता रणवीर सिंहले पश्चिम भारत चलचित्र कर्मचारी महासंघलाई कानुनी नोटिस पठाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले जुन २ मा उक्त नोटिस पठाएका हुन् ।
काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहले पश्चिम भारत चलचित्र कर्मचारी महासंघलाई कानुनी नोटिस पठाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले जुन २ मा उक्त नोटिस पठाएका हुन् ।
नोटिसमा उनले माग गरेको विषय स्पष्ट गरिएको छैन । तर यसअघि मे २५ मा महासंघले रणवीर सिंहविरुद्ध असहयोगको निर्णय गर्दै आफ्ना सबै सदस्यलाई उनको कुनै पनि परियोजनामा काम नगर्न दिएको निर्देशनको विषयमा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यो विवाद फिल्म डन ३ सँग जोडिएको छ । उक्त फिल्म निर्माण कम्पनी एक्सेल इन्टरटेन्मेन्ट हो, जसका प्रमुख निर्देशक फरहान अख्तर हुन् ।
रणवीर सिंहले फिल्म छोडेपछि बढेको विवाद अब कानुनी झमेलामा प्रवेश गरेको छ । निर्माण पक्षले रणवीर सिंहले फिल्म छोडेपछि ४५ करोड क्षति भएको भन्दै क्षतिपुर्ति माग गरेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
-
फ्रान्सका विभिन्न सहरमा कर्फ्यु, दङ्गामा २ हजार ५०० भन्दा बढी पक्राउ
-
दशैँको अवसरमा काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलद्वारा निःशुल्क बस सेवा सञ्चालन
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ३ गते मङ्गलबार
-
भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’