खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायकविरुद्ध मुद्धा दायर
१४ बैसाख, २०८३, सोमवार
- विभागमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीले उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेर हैरानी दिएको भन्ने उजुरीपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका प्राविधिक सहायकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विभागमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीले उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेर हैरानी दिएको भन्ने उजुरीपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा चौधरीले खाद्य उद्योग अनुमति पत्र नवीकरण गर्ने काम गरिदिने भन्दै विभिन्न बहाना बनाएर सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ । सोही रकम लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको थियो ।
अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनलाई बिगो ३० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान शुरु
-
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
-
एनपीएलको तेस्रो संस्करणका विजेताले डेढ करोड पुरस्कार पाउने
-
जुवातास खेलिरहेको अवस्थामा दार्चुलाबाट ८ जना पक्राउ
-
काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।