खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायकविरुद्ध मुद्धा दायर
१४ बैसाख, २०८३, सोमवार
- विभागमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीले उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेर हैरानी दिएको भन्ने उजुरीपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका प्राविधिक सहायकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विभागमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीले उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेर हैरानी दिएको भन्ने उजुरीपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा चौधरीले खाद्य उद्योग अनुमति पत्र नवीकरण गर्ने काम गरिदिने भन्दै विभिन्न बहाना बनाएर सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ । सोही रकम लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको थियो ।
अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनलाई बिगो ३० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।