गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली, ‘घण्टी’मा भोट दिएकोप्रति पश्चाताप

२०८३ वैशाख १२ शनिवार
सारांश
  • उनले गाउँको सम्पत्ति बेचेर सानो छाप्रो किनेर बसेको उल्लेख गर्दै हटाइने निर्णयले ठूलो समस्या उत्पन्न भएको गुनासो गरिन् ।

काठमाडौं: काठमाडौं महानगरपालिका–९ गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली गराइएको छ । शनिबार सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेसँगै उक्त बस्ती खाली भएको हो ।


बस्तीमा वर्षौंदेखि बसोबास गर्दै आएकी भावना लिम्बुले आफूहरू २५ वर्षदेखि त्यहीँ बस्दै आएको बताएकी छन् । उनले गाउँको सम्पत्ति बेचेर सानो छाप्रो किनेर बसेको उल्लेख गर्दै हटाइने निर्णयले ठूलो समस्या उत्पन्न भएको गुनासो गरिन् ।


‘म यहाँ बसेको २५ वर्ष भइसक्यो। हामीले गाउँको सबै बेचेर सानो छाप्रो किनेर बसेका हौं । बालबच्चाहरूको परीक्षा चलिरहेको छ, परीक्षाकै बेला यस्तो भयो । अब परीक्षा दिन पाउने कि नपाउने भन्ने दोधार छ,’ उनले भनिन् ।


उनले आफूहरूलाई वैकल्पिक व्यवस्था नगरी हटाइएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारसँग उचित व्यवस्थापनको माग गरेकी छन् । ‘बालबच्चाको भविष्यको ग्यारेन्टी हुनुपर्यो । अब हामीलाई कहाँ लगेर राख्नुहुन्छ भन्ने थाहा छैन । हामीले विश्वास गरेर घण्टीलाई भोट दिएका थियौं, तर अहिले बस्ने ठाउँ छैन,’ उनले भनिन् । आज नै सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिसकेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

थप समाचार