- तत्कालका लागि राजमार्ग बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
बनेपा: प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि राजमार्ग बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीका अनुसार लगातारको वर्षाले सडकमा पहिरो, ढुंगा खस्ने तथा अन्य अवरोधको जोखिम बढेकाले यात्रु र सवारी साधनको सुरक्षाका लागि यो निर्णय गरिएको हो ।
मौसममा सुधार आएपछि र सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गर्दै बाटो सञ्चालनबारे जानकारी गराइने प्रहरीले जनाएको छ । थप जानकारी लिनुपर्ने भएमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान शुरु
-
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
-
एनपीएलको तेस्रो संस्करणका विजेताले डेढ करोड पुरस्कार पाउने
-
जुवातास खेलिरहेको अवस्थामा दार्चुलाबाट ८ जना पक्राउ
-
काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।