- तत्कालका लागि राजमार्ग बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
बनेपा: प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि राजमार्ग बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीका अनुसार लगातारको वर्षाले सडकमा पहिरो, ढुंगा खस्ने तथा अन्य अवरोधको जोखिम बढेकाले यात्रु र सवारी साधनको सुरक्षाका लागि यो निर्णय गरिएको हो ।
मौसममा सुधार आएपछि र सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गर्दै बाटो सञ्चालनबारे जानकारी गराइने प्रहरीले जनाएको छ । थप जानकारी लिनुपर्ने भएमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।