बागमती किनारका सुकुम्बासी हटाउन माइकिङ, शनिबार डोजर चलाउने तयारी
२०८३ वैशाख ११ शुक्रवार
- सरकारले बागमति किनारका सुकुम्बासीलाई हटाउने भएको छ ।
काठमाण्डौ, ११ वैशाख । सरकारले बागमति किनारका सुकुम्बासीलाई हटाउने भएको छ ।
काठमाण्डौ महानगरपालिका महानगर प्रहरी बल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट थापाथली क्षेत्रको खोला किनारमा अनाधिकृत रूपमा निर्माण भएका घर टहराहरू हटाउन विहिबार साँझ माइकिङ गरेर सूचना दिदै खालि गर्न सूचना दिएको हो ।
महानगरी प्रहरीले बृद्ध, महिला र अपांगता भएकालाई प्राथमिकता दिएर अन्यन्त्र सार्न निर्देशन दिएको छ । मार्किङ गर्ने कार्य भएको छ । शनिबार बिहान ६ बजेदेखि घर टहरा खाली गराउने काठमाडौँ महानगरीय प्रहरीले जानकारी दिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सरकारले शनिवार नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाउने अन्तिम तयारी गरेको छ ।
काठमाण्डौ उपत्यकाका नदी किनारमा अतिक्रमण गरी बस्ने सुकुम्बासी परिवारको संख्या बढेर ६ हजार पुगेको बताइएको छ । यसअघि सुकुम्बासीसम्बन्धी अध्ययन गर्न बनेको सरकारी कार्यदलको रिपोर्टक अनुसार काठमाण्डौ, ललितपुर र भक्तपुरका २० वडाका २७ बस्तीमा ३ हजार ४९६ परिवार रहेका छन् । तर, अहिले यो संख्या झन्डै दोब्बरले बढेको बताइएको छ । हाल उपत्यकामा सुकुम्बासी परिवार ६ हजार भन्दा बढी रहेको र कुल जनसंख्या ४० हजार भन्दा बढी रहेको बताइएको छ ।
शनिवारदेखि डोजर चलाउने तयारी गरिएको थापाथली क्षेत्रमा मात्रै १४२ परिवार रहेका छन् । काठमाण्डौ उपत्यकाका बागमती, गोदावरी, विष्णुमती, धोबीखोला, मनोहरा र बल्खु खोला किनारमा सुकुम्बासी बस्दै आएको पाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेवार समुदायका परम्परागत मुकुन्डोनाचका लेखक वीणा जोशीलाई मदन पुरस्कार
-
महामन्त्री शरदराज पाठकले छोडे राप्रपा
-
काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।