अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम
११ बैसाख, २०८३, शुक्रवार
- हालसम्म सार्वजनिक जग्गामा निर्माण गरिएका सबै संरचना सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स्वयं खाली गर्न, गराउन तथा हटाउन महानगरपालिकाले आग्रह गरेको छ ।
पोखरा: पोखरा महानगरपालिकाले सार्वजनिक ऐलानी तथा पर्ति जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ।
महानगरपालिकाले महानगर क्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा बिना अनुमति अतिक्रमण गरी पहुँचका आधारमा लामो समयदेखि संरचना निर्माण गरेर कार्यालय सञ्चालन गर्ने, भाडामा लगाउने, पर्खाल लगाएर जग्गा आफ्नो नियन्त्रणमा लिने जस्ता काम भइरहेको जनगुनासो आएको जनाउदै यस्ता गतिविधिले सार्वजनिक सम्पत्तिको संरक्षणमा असर परेको भन्दै सबै सरोकारवाला व्यक्ति तथा संस्थालाई सार्वजनिक जग्गा संरक्षणमा एक्यबद्धता जनाउन आग्रह गरेको छ ।
हालसम्म सार्वजनिक जग्गामा निर्माण गरिएका सबै संरचना सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स्वयं खाली गर्न, गराउन तथा हटाउन महानगरपालिकाले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।