- नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज गरेको छ ।
काठमाण्डौ, ११ वैशाख । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज गरेको छ ।
शुक्रबार काउन्सिलले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना डाक्टरको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता कितावबाट खारेज गरेको जानकारी गराएको छ ।
काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २४, नेपाल नागरिकता ऐन २०६३, नेपाल मेडिकल काउन्सिलको निर्णयअनुसार उनीहरुको नाम खारेज गरिएको बताएको छ ।
यसरी नाम खारेज हुनेहरुमा हङकङ नागरिक डा. शर्मिला गुरुङ, अष्ट्रेलियन नागरिक डा. रोशन भुषाल, ब्रिटिस नागरिक डा. मोती गुरुङ, अष्ट्रेलियन नागरिक डा. देवराज रेग्मी, ब्रिटिस नागरिक डा. मेरिना गुरुङ, अमेरिकी नागरिक डा. निरन्जनदेव पाण्डे, ब्रिटिस नागरिक डा. रोजन केसी, ब्रिटिस नागरिक डा. ममता गुरुङ, पोर्चुगाली नागरिक डा. राजीव हमाल, ब्रिटिस नागरिक डा. सलुजासिंह थारु, अमेरिकी नागरिक डा. सुजना केसी, ब्रिटिस नागरिक डा. जोस्ना शाही, अमेरिकी नागरिक डा. मनिपा हमाल, क्यानेडियन नागरिक डा. सुप्रिया शाक्य, क्यानेडियन नागरिक डा. इच्छा न्यौपाने, अमेरिकी नागरिक डा. दिपेन ढकाल र भारतीय नागरिक डा. तुपार सरवजना रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।