सुकुम्बासी तथा भूमिहीनको उचित व्यवस्थापन गर्न लागिएको हो- नेपाल प्रहरी
११ बैसाख, २०८३, शुक्रवार
- प्रहरीले नेपाल सरकारले सञ्चालन गरेको सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन प्रक्रिया उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने महत्वपूर्ण पहल भएको जनाएको छ।
काठमाडौँ: नेपाल प्रहरीले सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियामा वास्तविक लाभग्राहीलाई न्याय दिलाउन सबैलाई सजग हुन आग्रह गरेको छ।
प्रहरीले नेपाल सरकारले सञ्चालन गरेको सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन प्रक्रिया उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने महत्वपूर्ण पहल भएको जनाएको छ।
प्रहरीले भनेको छ- ' नेपाल सरकारले सुरु गरेको सुकुम्वासी / भूमिहीन व्यवस्थापन प्रक्रिया तपाइँहरुकै उज्ज्वल भविष्य सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको महत्वपूर्ण पहल हो । यसको मुख्य उद्देश्य वास्तविक सुकुम्वासी/ भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ ।
'
यस प्रक्रियाको मुख्य उद्देश्य वास्तविक सुकुम्बासी तथा भूमिहीनको पहिचान गरी उनीहरूलाई न्यायोचित आवास र अधिकार उपलब्ध गराउनु रहेको प्रहरीले स्पष्ट पारेको छ । तर केही स्वार्थी तथा पहुँचवाला व्यक्तिहरूले वास्तविक सुकुम्बासीको नाम र अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिन खोजिरहेको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ ।
यस्ता गतिविधिका कारण वास्तविक सुकुम्बासी तथा भूमिहीनहरू अवसरबाट वञ्चित हुनुका साथै राज्यबाट प्राप्त हुने सेवा–सुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको जनाएको छ ।
प्रहरीले नक्कली सुकुम्बासी तथा भूमिहीनको पहिचान गर्न र आफ्नो हक मिच्ने व्यक्तिविरुद्ध सचेत रहन आग्रह गरेको छ ।
वास्तविक सुकुम्बासी तथा भूमिहीनहरू एकजुट भएर राज्यले अघि बढाएको व्यवस्थापन कार्यमा सहयोग गर्न, सुरक्षा निकायलाई समयमै सही सूचना दिन तथा सहकार्य गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
प्रहरीका अनुसार नागरिकको सानो सहयोगले वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवाससहितको भविष्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
वीरगञ्जका नगरप्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्धा दायर
-
गण्डकी अस्पतालबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा
-
इरानसँग पुनः द्वन्द्व चर्किदा नेतान्याहूलाई राजनीतिक रुपमा फाइदा भएको विश्लेषण
-
डा. डिल्लीरमण रेग्मी पुरस्कार वरिष्ठ चिकित्सक डा. दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पोखरेललाई संयुक्त रूपमा प्रदान
-
विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन मन्त्रीको निर्देशन
धेरै पढिएको
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।