गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि अन्तरक्रिया
१० बैसाख, २०८३, बिहिवार
- अन्तरक्रियामा संघका अध्यक्ष तथा पूर्वअध्यक्षहरूले मस्यौदामाथि सुझाव दिएका थिए । उनीहरूले नेपालको संविधानमा उल्लेखित सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारसँग मेल खाने गरी गैरआवासीय नेपालीका आकांक्षालाई समेट्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ: परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि गैरआवासीय नेपाली संघसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
अन्तरक्रियामा संघका अध्यक्ष तथा पूर्वअध्यक्षहरूले मस्यौदामाथि सुझाव दिएका थिए । उनीहरूले नेपालको संविधानमा उल्लेखित सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारसँग मेल खाने गरी गैरआवासीय नेपालीका आकांक्षालाई समेट्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमको सुरुवातमा परराष्ट्र सचिव अमृत बहादुर राईले गैरआवासीय नेपाली संघलाई मन्त्रालयको विश्वसनीय साझेदारका रूपमा लिँदै आगामी दिनमा सहकार्य अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त मस्यौदा आगामी संसद् अधिवेशनमा पेश गर्ने योजना रहेको जानकारी दिए । उनले संविधानका लक्ष्य र भावनालाई स्पष्ट रूपमा प्रस्तुत गर्दै त्यसको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्न आवश्यक रहेकोमा पनि जोड दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेवार समुदायका परम्परागत मुकुन्डोनाचका लेखक वीणा जोशीलाई मदन पुरस्कार
-
महामन्त्री शरदराज पाठकले छोडे राप्रपा
-
काठमाडौँको रात्रि यातायातका लागि २८ बस र ६ वटा नयाँ रुट प्रस्ताव
-
ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते
-
महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन- रमेश लेखक
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।