गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि अन्तरक्रिया
१० बैसाख, २०८३, बिहिवार
- अन्तरक्रियामा संघका अध्यक्ष तथा पूर्वअध्यक्षहरूले मस्यौदामाथि सुझाव दिएका थिए । उनीहरूले नेपालको संविधानमा उल्लेखित सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारसँग मेल खाने गरी गैरआवासीय नेपालीका आकांक्षालाई समेट्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ: परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि गैरआवासीय नेपाली संघसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
अन्तरक्रियामा संघका अध्यक्ष तथा पूर्वअध्यक्षहरूले मस्यौदामाथि सुझाव दिएका थिए । उनीहरूले नेपालको संविधानमा उल्लेखित सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारसँग मेल खाने गरी गैरआवासीय नेपालीका आकांक्षालाई समेट्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमको सुरुवातमा परराष्ट्र सचिव अमृत बहादुर राईले गैरआवासीय नेपाली संघलाई मन्त्रालयको विश्वसनीय साझेदारका रूपमा लिँदै आगामी दिनमा सहकार्य अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त मस्यौदा आगामी संसद् अधिवेशनमा पेश गर्ने योजना रहेको जानकारी दिए । उनले संविधानका लक्ष्य र भावनालाई स्पष्ट रूपमा प्रस्तुत गर्दै त्यसको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्न आवश्यक रहेकोमा पनि जोड दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’