नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ
१० बैसाख, २०८३, बिहिवार
- सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छा पक्राउ परेको पुष्टि गर्दै भने, “शेखर गोल्छालाई पक्राउ गरिएको छ। थप विवरण केही बेरमा सार्वजनिक गरिन्छ।” गोल्छा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका निवर्तमान अध्यक्ष समेत हुन्।
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार उनलाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छा पक्राउ परेको पुष्टि गर्दै भने, “शेखर गोल्छालाई पक्राउ गरिएको छ। थप विवरण केही बेरमा सार्वजनिक गरिन्छ।” गोल्छा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका निवर्तमान अध्यक्ष समेत हुन्।
हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबार प्रकरणमा गोल्छा पनि तानिएका हुन्। प्रारम्भिक जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदनले भट्टलाई गैरकानूनी कार्य गर्न सहयोग गर्ने व्यक्ति तथा संस्थाका रूपमा शेखर गोल्छासहित विभिन्न संस्था र व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।
उक्त प्रतिवेदन अनुसार हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र रोहित गुप्ता पनि अनुसन्धान तथा कारबाहीको सिफारिसमा परेका छन्।
प्रकरणबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने सीआईबीले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।