नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ
१० बैसाख, २०८३, बिहिवार
- सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छा पक्राउ परेको पुष्टि गर्दै भने, “शेखर गोल्छालाई पक्राउ गरिएको छ। थप विवरण केही बेरमा सार्वजनिक गरिन्छ।” गोल्छा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका निवर्तमान अध्यक्ष समेत हुन्।
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार उनलाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छा पक्राउ परेको पुष्टि गर्दै भने, “शेखर गोल्छालाई पक्राउ गरिएको छ। थप विवरण केही बेरमा सार्वजनिक गरिन्छ।” गोल्छा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका निवर्तमान अध्यक्ष समेत हुन्।
हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबार प्रकरणमा गोल्छा पनि तानिएका हुन्। प्रारम्भिक जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदनले भट्टलाई गैरकानूनी कार्य गर्न सहयोग गर्ने व्यक्ति तथा संस्थाका रूपमा शेखर गोल्छासहित विभिन्न संस्था र व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।
उक्त प्रतिवेदन अनुसार हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र रोहित गुप्ता पनि अनुसन्धान तथा कारबाहीको सिफारिसमा परेका छन्।
प्रकरणबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने सीआईबीले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
-
अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड
-
राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
-
ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित
-
रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’