खानेपानी डिभिजनका तत्कालीन निमित्त इन्जिनियर किशोरप्रसाद यादवविरुद्ध अवैध सम्पत्ति मुद्दा दायर
१० बैसाख, २०८३, बिहिवार
- अख्तियारका अनुसार यादवले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि जाँच अवधिसम्म वैध आयको तुलनामा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन्। उनको आय–व्यय २०४७/०३/३१ देखि २०८०/०९/२९ सम्मको अवधिमा जाँच गरिएको हो।
काठमाडौं: खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैया, बाराका तत्कालीन निमित्त हाकिम (आठौँ तहका इन्जिनियर) किशोरप्रसाद यादवविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार यादवले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि जाँच अवधिसम्म वैध आयको तुलनामा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन्। उनको आय–व्यय २०४७/०३/३१ देखि २०८०/०९/२९ सम्मको अवधिमा जाँच गरिएको हो।
जाँच अवधिमा यादव र उनको परिवारको कुल वैध आय ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ रहेको देखिएको छ। तर सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, सेयर खरिद, सवारी साधन, अध्ययनलगायत शीर्षकमा ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ खर्च गरेको पाइएको छ।
यादवले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती निर्मला कुमारी यादवको नाममा समेत राखेको देखिएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।