- आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
काठमाण्डौ, ०९ वैशख । आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ ।
सन् १९६९ मा सनफ्रान्सिस्कोमा भएको युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाका लागि एक दिनको माग गरेका थिए । तर, पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे ।
त्यस्तै, सन् २००९ मा राष्ट्रसंघको ६३औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ। पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिएको हो ।
जलवायु परिवर्तनका कारण दिनप्रतिदिन बढिरहेको पृथ्वीको तापक्रमलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरू बताउँछन् । जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सके मात्र पृथ्वीको संरक्षण हुन सक्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहको अपिल- 'हामीमाथि भरोसा राख्नुहोस्'
-
कृष्णभिर ट्र्याक खोल्ने काम जारी, दुवैतर्फ गरी करिब २५२ मिटर खोलियो
-
भोटेकोशी बाढीको ११औँ दिनमा बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार
-
चलचित्र 'गौँथली' ले मनायो प्रदर्शनको ५१औँ दिन
-
एमाले महासचिव पोखरेल भन्छन्- नेपालको हक हो जलवायु न्याय र क्षतिपूर्ति
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।