हेटौँडा सडक डिभिजनको अल्टिमेटमस्, अवैध संरचना हटाउन वैशाख १० सम्मको समय
२०८३ वैशाख ०८ मङ्गलवार
- सडक डिभिजन कार्यालय हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको छ ।
हेटौँडा, ०८ वैशाख । सडक डिभिजन कार्यालय हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको छ । कार्यालयले सोमबार एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै वैशाख १० गतेभित्र ती संरचनाहरू हटाउन सम्बन्धित सबैलाई सूचित गरेको छ ।
यसअघि पनि २०७३/०९/१८ र २०८०/०३/०९ लगायतका विभिन्न मितिहरूमा सूचना जारी गर्दा समेत संरचनाहरू नहटाएपछि डिभिजनले पुनः यो ताकेता गरेको हो । विशेष गरी बाराको पथलैयादेखि चुरिया माई मन्दिरसम्मको क्षेत्रमा सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५/२५ मिटरभित्र पर्ने संरचनाहरू अझै हटाइएको छैन ।
यद्यपि तोकिएको समयभित्र अटेर गरी संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानुन बमोजिम संरचना हटाइने र सोको खर्च समेत सम्बन्धित व्यक्तिबाटै असुल गरिने कार्यालयले जनाएको छ ।
डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार, सडक विस्तार र सुरक्षाका लागि यी संरचनाहरू हटाउनु अनिवार्य छ । प्रशासनले सूचनालाई बेवास्ता गर्नेलाई कडा कानुनी कारबाही गरिने समेत स्पष्ट पारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।